काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज पहिलो पटक संघीय संसद्लाई सम्बोधन गर्दैछिन् । दोस्रो कार्यकालको लागि राष्ट्रपतिमा निर्वाचित भएकी भण्डारीले आज दिउँसो ४ बजे संघीय संसदलाई सम्बोधन गर्न लागेकी हुन् । उनी बंग्गीमा चढेर संसद भवन नयाँ बानेश्वर जानेछिन् ।
राष्ट्रपति भण्डारीको सवारीको क्रममा आधा घण्टा सवारी आवागमन बन्द हुनेछ । राष्ट्रपति नयाँ बानेश्वर जाँदा १५ मिनेट र फर्किदाँ १५ मिनेट सवारी रुट प्रभावित हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएपी उमेश रञ्जितकारले जानकारी दिए ।
राष्ट्रपति भण्डारी शीतल निवासबाट लाजिम्पाट, कान्तिपथ, जमल, भद्रकाली, सिंहदरबार हुँदै नयाँ बानेश्वर पुग्नेछिन्। सो क्रममा उक्त क्षेत्रमा ३० मिनेट सवारी आवागमन बन्द हुने एसएपी रञ्जितकारले बताए ।
तस्बिरः राष्ट्रपतिको कार्यालय
-केन्द्रबिन्दु









