आफ्नी बिरामी आमाको उपचार गर्न आएकी एक महिला बलात्कृत भएकी छिन् ।

चैत ६ गते आमाको उपचार गराउन गंगालाल अस्पताल आएकी एक महिलालाई आफूलाई डाक्टर बताउने युवकले जवरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पाल्पा तानसेन नपा वडा न ११ घर भइ हाल काठमाडौं बस्दै आएका २७ वर्षीय अर्जुन कोइरालाले युवतीलार्इ बलात्कार गरेको प्रहरीले जनाएको छ ।

‘पीडितसँगको सामान्य भेटघाटको क्रममा म पनि डाक्टर हूँ गंगालाल अस्पतालको डाक्टरहरुसँग मेरो राम्रो चिनजान छ र तिम्रो आमाको उपचारमा म सक्दो सहयोग गर्न सक्छु’ भन्दै महिलालाई फकाई महिलालाई मित्रनगर स्थित होटल गोरखा फूलबारी गेष्ट हाउस प्रालिको दोस्रो तल्लाको कोठामा लगि भित्रबाट चुकुल लगाइ डरत्रास धाक धम्की दिई पटक पटक जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

बलात्कृत भएपछि पीडित प्रहरीमा पुगेकी थिइन् ।

उजुरी परेसँगै तत्काल महानगरिय प्रहरी वृत्त महाराजगंजवाट प्रहरी परिचालन गरी उल्लेखित शंकित व्यक्तिको हुलिया तथा सि।सि।टि।भी।फुटेज समेतको अनुसन्धानबाट चैत १३ गते आरोपीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनी नेपाली सेनाका पूर्व कर्मचारी रहेको खुलेको छ । उनी जवरजस्ती करणी मुद्दामा कारवाही भई बर्खास्त भएको खुल्न आएको प्रहरीले जनाएको छ । लोकंतर बाट साभार