दमक पब्लिक लाइब्रेरी युथ टिम द्वारा आयोजना गरिएको एक दिने सचेतनामुलक महिला हिंसा तथा बलात्कार विरुद्धको कार्यक्रममा ३५० भन्दा बढी युवाहरुको सहभागीतामा एकै साथ हिंसा र बलात्कार विरुद्ध बिरोधको आवाज निकालेका छन्।

पहिरन हैन सोच बदलौ ,बलात्कारलाई जेल है फाँसी !,नारीलाइ गरि सत्कार रोकौ अब बलात्कार !,प्रशासनको चुपतन्त्र अपराधीको लुटतन्त्र!,एक दुई महिना जेलमा,प्रशासन नाच्छ अपराधीको खेलमा!जस्ता नाराहरु लेखिएका पर्चाहरु बोकेर गोर्खा डिपार्टमेन्टको प्राङ्गण बाट सुरु गरिएको उक्त कार्यक्रम दमकको गणतन्त्र चोक जेसिस चोक हुँदै प्रहरी कार्यालय दमकको बाटो हुँदै पुनः बसपार्क अगाडि भेला भै गणतन्त्र चोक हुँदै गोर्खा डिपार्टमेन्ट अगाडि गएर कोणसभा कार्यक्रममा सहभागी भएको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दमक पब्लिक लाइब्रेरीका अध्यक्ष भेषराज न्यौपानेको अध्यक्षतामा उक्त कोणसभा कार्यक्रम सुरु गरिएको थियो।दमक प्रहरीका प्रमुख डिसपी दिपक गिरी,पाथवे नेपालकी प्रमुख निर्मला चौधरी ,दमक रेडक्रस सोसाइटीका सभापति प्रकाश बुढाथोकीले उक्त कार्यक्रममा आ आफ्नो मन्तव्य राख्नु भएको थियो।यसरी नै सुबास सुवेदी ,आस्था निरौला ,अभय हेमन्त उप्रेती ,ममता तामाङ र नरेन्द्र कोइरालाले महिला हिंसा र बलात्कार विरुद्ध लेखिएका आफ्ना रचनाहरु प्रस्तुत गर्नु भएको थियो।कार्यक्रम लाइ संयोजन र सन्चालन दमक पब्लिक लाइब्रेरी युथ टिमका अध्यक्ष दधिराम ढकालले गर्नु भएको थियो ।