कबिता केसी ( बर्दघाट)
नवलपरासीको प्रतापपुर गाउँपालिका ९ बेलाटारीमा तराई बाढी पुर्नलाभ परिचयात्मक कार्यक्रम सम्पन्न गरिएको छ । बिकल्प नवलपरासीको आयोजना र युनाइटेड मिसन टु नेपालको सहयोगमा बाढी प्रभावित अति बिपन्न घर परिवारलाई सेवासुबिधामा पहुच पुर्याउने उद्देश्यले उक्त तराई बाढी पुर्नलाभ परिचयात्मक कार्यक्रम गरिएको छ । बिकल्पकि अध्यक्ष कबिता ज्ञवालीकाे अध्यक्षतामा तथा प्रतापपुर गाउँपालिका अध्यक्ष राज कुमार शर्माकाे प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले तराई बाढी पुर्नलाभ परिचयात्मक कार्यक्रमलाई प्रशंसा गर्दै यश बिकल्प र युनाइटेड मिसन टु नेपालकाे कार्यक्रमले यहाँका जन्ताहरुलाई बाढिमा अाफ्नाे अमुल्य सहयाेग गरेकाे छ र अबकाे दिनमा अति बिपन्न परिवारलाई तराई बाढी पुर्नलाभ कार्यक्रमकाे मार्फत अति बिपन्न घर परिवारलाई सेवासुबिधामा पहुच पुर्याउने उद्देश्य लिएको हुदाँ त्यसकाे लागि बिकल्प र युनाइटेड मिसन टु नेपाललाई यस्तो समाजिक काम गर्दै आएको हुदाँ आफु बाट हुने हरेक किसिमको सहयोग गर्ने बताउनु भयो। साथै गरीब जन्ताकाे समस्यालाई समाधान गर्न हामी सबै मिलिजुली लाग्नुपर्छ । र गाउँपालिका बिकशका हरेक कार्यमा विभिन्न संघ संस्थालाई चाहिने समन्वय र सहकार्य गर्न हमेशा तत्पर रहने. भन्ने कुरामा जोडे दिएका थिए ।
कार्यक्रममा प्रतापपुर गाउँपालिका उपाध्यक्ष अन्जु कुमारी चाैधरी, वडा नं.८ वडा अध्यक्ष कादिर अलि अन्सारी ,वडा नं.७ वडा अध्यक्ष हरेन्द्र यादव , वडा नं.६ वडा अध्यक्ष रामहरि उपाध्याय ,युनाइटेड मिसन टु नेपालकाे टिम लिडर बिशाल श्रेष्ठ ,बिकल्पका कार्यक्रम संयाेजक सराेज कुमार गाैतम लगाएतले कार्यक्रमकाे शुभकामना मन्तब्य दिनुभएको थियो।
साे तराई बाढी पुर्नलाभ परियाेजना सम्बन्धित टाेलमा लक्षित घरधुरीलाई छनाैत गर्नकाे लागि प्रतापपुर गाउँपालिका उपाध्यक्ष अन्जु कुमारी चाैधरी संयाेजकत्वमा ४ सदस्यीय चयन गरिएको छ । जसको सदस्यमा वडा नं.८ वडा अध्यक्ष कादिर अलि अन्सारी ,वडा नं.७ वडा अध्यक्ष हरेन्द्र यादव , वडा नं.६ वडा अध्यक्ष रामहरि उपाध्याय र बिकल्पकि अध्यक्ष कबिता ज्ञवाली रहनुभएकाे छ।










