श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले दरबन्दीमा रहेकाबाहेकका कुनै पनि कर्मचारीलाई वैदेशिक रोजगार विभागमा हाजिर नगराउन वैदेशिक रोजगार विभागका महानिर्देशक भुवन आचार्यलार्इ निर्देशन दिएका छन् ।
विभागबाट सरुवा हुन अस्वीकार गर्दै दरबन्दीभन्दा बढी कर्मचारी बसेको खबर अाजकाे नयाँ पत्रिकामा प्रकाशित भएपछि मन्त्री विष्टले दरबन्दीविना नै विभागमा बसिरहेका कर्मचारीको हाजिरी रोक्न निर्देशन दिएका हुन् ।
वैदेशिक रोजगार विभागको ताहाचलस्थित कार्यालयमा यस्ता करिब डेढ दर्जन कर्मचारी छन् । स्थानीय तहमा खटाइएका ती कर्मचारी पहुँचका अाधारमा त्यहाँ बसिरहेका थिए ।
खटाइएकाे ठाउँमा नगएका कर्मचारीहरू १. लोकेन्द्रबहादुर रावल – नायब सुब्बा २. कुमारबहादुर कटवाल – नायब सुब्बा ३. रवीन्द्र घिमिरे – नायब सुब्बा ४. राजन घिमिरे – नायब सुब्बा ५. गौरीकुमारी कार्की – नायब सुब्बा ६. लक्ष्मण गुरागाईं – नायब सुब्बा ७. केदार घिमिरे – नायब सुब्बा ८. यज्ञप्रसाद आचार्य – नायब सुब्बा ९. यज्ञबहादुर ओली – नायब सुब्बा १०. विद्याप्रसाद जैसी – नायब सुब्बा ११. सुमन पौडेल – नायब सुब्बा १२. सधुकर डाँगी – नायब सुब्बा १३. डम्बरबहादुर विश्वकर्मा – कम्प्युटर अधिकृत १४. भवानी थपलिया – कम्प्युटर अधिकृत १५. रञ्जु दाहाल – कार्यालय सहयोगी १६. तुलसीमान मर्हजन – कार्यालय सहयोगी
यसकारण गुनासो नगरी काम गर्छन् वैदेशिक रोजगार कार्यालयमा गैरकानुनी आर्थिक स्रोत गतिलो हुने भएकाले कर्मचारी अन्यत्र जान मान्दैनन् । राजनीतिक दबाबका कारण त्यहाँ बढी भएका कर्मचारीलाई अन्यन्त्र खटाउन नसकिएको सामान्य प्रशासन मन्त्रालय स्रोतले बतायो । ‘आकर्षक कार्यालयमा यस्तो धेरै समस्या छ, थोरै चलाउन थाल्यो भने पहुँचवालाको फोन बजिहाल्छ,’ स्रोतले भन्यो । वैदेशिक रोजगार कार्यालय ताहाचलका निमित्त प्रमुख प्रेमबहादुर देसारले भने कर्मचारीलाई काम गर्न सहज भएकाले अन्यत्र जान नचाहेको बताए । ‘यहाँ काम गर्न पनि सहज छ, त्यही भएर होला,’ उनले हाँस्दै भने ।
गत असोजमा सामान्य प्रशासनले मन्त्रालयले स्थानीय तहमा कर्मचारी अभाव भएपछि विभिन्न निकायबाट कर्मचारीको काज सरुवा गरेको थियो । त्यसक्रममा यहाँका कर्मचारीकाे पनि सरूवा भएकाे थियाे । तर, ती कर्मचारी कतै नगर्इ अटेर गर्दै अाएका छन् ।
श्रम विभाग आर्थिक चलखेल र भ्रष्टाचारमा एक नम्बरमा आउने कार्यालय मानिन्छ । वैदेशिक रोजगारमा जाने कामदारहरुको श्रम स्वीकृति दिने यस कार्यालयमा लाखौंको घुस लेनदेन हुने गर्छ । श्रम स्वीकृतिदेखि एयरपोर्ट सेटिङसम्म यहाँका कर्मचारीको सन्जाल रहेको छ । त्यसैले यो कार्यालयमा आफू अनुकुलका कर्मचारी राख्न मन्त्रालयका उच्च अधिकारीहरुको रुची हुने गर्छ ।नयापत्रिका










