विष्णुप्रसाद पोखरेल

दमक/झापा दमकको मात्र नभएर पूर्वको नै स्वास्थ्य क्षेत्रमा कहलिएको च्यारिटि स्वास्थ्य संस्थाको नाममा रहेको आम्दा अस्पताल आउजाउ सडकको हविगतले बिरामीहरु हैरान बनेकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

क्याम्पसमोडबाट अस्पताल पुग्ने सडक भत्केको बर्षौ भएपनि अहिलेसम्म पुन निर्माण हुन सकेको छैन । सडक छिद्राछिद्रा परेर भत्केको भएता पनि यसमा चासो नगएको भन्दै स्थानीयहरु आक्रोशित समेत हुने गरेकाछन् ।

दैनिक सयौको ज्यान बचाउने अस्पातल आउजाउ गर्ने बाटो खाल्डाखुल्डि र हम्सहरुले ज्यानमारा सडको रुपमा परिणत हुने अवस्था रहेपनि सरोकारवाला निकायहरुको ध्यान नगएको पाइएको हो ।

एकातिर सडकको अवस्था भनिनसक्नुको रहेको र अर्कातर्फ यहि भत्केको साघुरो बाटो भएर ट्रिपरहरु हुइकदा ज्यान बचाउन मुश्किल भएको पाईएको छ ।

आम्दा अस्पताल गेटमा भेटिनु भएका एकजना बिरामी राकेश निरौलाले उपचार गर्न आउदा झण्डै ट्रिपरले हानेको भन्दै थुचुक्क गेटमा नै बस्नु भयो ।

आम्दा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. नबिन ढकालले बिहान बेलुका ट्रिपरका कारण यहाँ ठूलो समस्या भएको बताए । उनले आफू एकपटक थन्न बाचेको भन्दै अनियन्त्रित ट्रिपर हकाइले झनै यस सडकमा हिड्नेको ज्यान जोखिम भएको उनको भनाइ छ ।

बिरामीको आवतवाजत भइरहने र एम्बुलेन्सले निष्फिक्री हिडन पाउनु पर्ने सडकमा ट्रिपरको बाक्लो ओहोरदोहोर जटिल समस्या निम्त्याएको भन्दै यो रोक्न माग गर्नु भयो ।