कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ मछेली शिविरमा बस्दै आएका ५५ वर्षीय छेदालाल चौधरीको गएराति जलेर मृत्यु भएको छ।

दमका दीर्घरोगी रहेका चौधरीले खाँदै गरेको चुरोट तन्नामा खस्दा आगो सल्किएको थियो। महाकाली अञ्चल अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय कृष्णपुरका प्रहरी नायब निरीक्षक भरतसिंह धामीले बताए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

चौधरीको मुख र छाती जलेर अवस्था गम्भीर भएपछि अस्पताल लगिएको थियो। उपचारकै क्रममा राति १२ बजे मृत्यु भएको धामीले बताए। प्रहरीका अनुसार छोराबुहारी लामो समयदेखि घरमा नहुँदा चौधरी एक्लै बस्दै आएका थिए।रासस