काठमाडौैं– अफ्रिकाको कङगोबाट नेपालमा सालक तस्करीमा चिनियाँहरु सक्रिय रहेको खुलेको छ। प्रहरीले २ जना चिनियाँलाई १ सय ६२ केजी सालकसहित पक्राउ गरेको छ।
टर्कीस एयरलाइसन्बाट काठमाडौं ल्याइएको सालकसहित चिनियाँ नागरिक क्वी जिओरोङ र क्यू लिबाओलाई पक्राउ गरेको हो। सोमबार दिउँसा विमानसथलबाटै यनीहरु पक्राउ परेका हुन्। गत महिना पनि दुई चिनियाँलाई ठुलो मात्रामा सालकको खपटासहित दुई चिनियाँलाई भन्सार कार्यालयले पक्राउ गरेको थियो। ६ वटा सुटकेशमा उनीहरुले सालकको खपटा लुकाएका थिए। सालक संरक्षित वन्यजन्तु हो।
नेपालबाट चीनमा सालक लैजान सजिलो हुने भएकाले उनीहरुले नेपाललाई ट्रान्जिट बनाएको हुनसक्ने प्रहरीले जनाएको छ।
-नेपाल लाइभ बाट









