काठमाडौं । युरोपियन युनियन इयूको चुनावी प्रतिवेदनप्रति नेपालले चर्को विरोध गरेको छ ।

केपी शर्मा ओली नेतृत्वको सरकारले चर्को विरोध गरेपछि अन्य दलहरुले पनि सरकारको भनाइमा समर्थन गरेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस सम्बन्ध एमालेका सांसद पूर्व डीआइजी नवराज सिलवाल पनि बोलेका छन् ।

उनले सामाजिक संजाल ट्वीटरमा लेखेका छन्, ‘उनीहरूले पाठ सिक्नु जरूरी थियो र नेपाल सरकारले जनताको बलियो सरकार भएको अनुभुति पनि दियो। यूरोपियन युनिएनको पछिल्लो कदम अन्तर्राष्ट्रीय कानून र अभिसन्धि तथा प्रचलनको प्रतिकूल छ।’

इयूले संविधान विपरित खस–आर्यका विषयमा बोलेको थियो ।