काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको भारतको राजकीय भ्रमण तय भएको छ। चैत २३ देखि २५ गतेसम्मका लागि ओलीको भ्रमण तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

भ्रमणमा ओलीले भारतीय राष्ट्रपति, उपराष्ट्रपति तथा प्रधानमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता गर्नेछन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भ्रमणको क्रममा ओली उत्तराखण्डको पन्तनगरस्थित गोविन्द बल्लभ कृषि विश्वविद्यालयको कार्यक्रममा समेत सहभागी हुने तय भएको छ। भ्रमणका लागि एक साता अघिदेखि नै तयारी सुरु भइसकेको छ।

नेपाल लाइभ बाट