प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्रकर्मीहरुलाई कथाले नभएर देशले मागेअनुसारका फिल्म बनाउन आग्रह गरेका छन्।

शुक्रबार राजधानीमा आयोजित दोस्रो फान अवार्ड–२०७४ मा प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमणमा कलाकारको टोलीलाई पनि सहभागी गराउने बताए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

देशले नमागेको कथाले माग्यो, कथाले नमागेको ग्ल्यामरले माग्यो भने कसोकसो लाग्छ’, उनले भने, ‘कथाले मागे अनुसार होइन देशले मागे अनुसार फिल्म बनाउनुस्।’

कलाकारलाई सहयोग गर्न सरकार सधै तयार रहेको भन्दै उनले कलाकारले पनि त्यसै अनुरुपको काम गर्नुपर्ने बताए।

भारत भ्रमणका क्रममा त्यहाँका बलिउडका कालाकारहरुसँग भेट र डिनर हुने भन्दै उनले त्य दौरानमा उनीहरुसँग छलफल गर्ने समेत बताए। ‘बलिउडका कालाकारले नेपालको धेरै ध्यान दिँदैनन कि जस्तो लागेको छ’, प्रधामन्त्री ओलीले भने, ‘क्यामरा जति राम्रो भएपनि ब्याकग्राउण्ड राम्रो नभए के खिच्छन? राम्रो खिच्न त यहाँ आउनुपर्छ।’

प्रधानमन्त्री ओलीले नेपाली सिनेमा र नेपालका बारेमा जानकारी दिन तुरुन्तै नेतालमा बलिउडका कालाकारसँग छलफल गर्ने बताए।

नेपाल ‘ह्याण्डसम’ र ब्युटिफुल’ हरुको देश हो कार्यक्रममा रमाइलो मुडमा देखिएका प्रधानमन्त्री ओलील नेपाल ‘ह्याण्डसम र ब्युटिफुलहरुको’ देश भएको दाबी गरे।

‘नेपालीजति सुन्दर अरु को छ?’ ओलीको प्रश्न थियो, ‘अरु पनि सुन्दर छन् तर नेपाली अल्लि बढी सुन्दर छन्। विश्वास नलागे शास्त्र पढे हुन्छ। मेनका, उर्वशी जस्ता सुन्दरी दुनियाँका कुन शास्त्रमा छन्?’

रामायणको कथामा रावणकी बहिनीले लक्ष्मणलाई मन पराएको प्रसंग उल्लेख गर्दै ओलीले नेपाल ‘ह्याण्डसम’ हरुको देश भएको बताए।

‘लंकादेखि आएकी रावणकी बहिनी लक्ष्मणप्रति कति हुरुक्क थिइन्, यो त ह्याण्ड्सम हरुको देश हो, ब्युटिफुलहरुको देश हो।’

नेपाल खबर बाट साभार