१६ चैत – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जनताको सेवा प्रभावित हुनेगरी दक्ष जनशक्तिको बिदाई नगरिने जिकिर गरेका छन् ।

काम नगरी बढी सेवा सुविधा लिने उद्देश्यले कर्मचारीले अहिले गरिरहेको आन्दोलनको कुनै अर्थ नरहेको मन्त्री पण्डितको भनाई छ । शुक्रबार नै जिल्ला प्रशासन कार्यालय मलंंगवामा जिल्लाका सरकारी कार्यालयका प्रमुखहरुलाई निर्देशन दिँदै मन्त्री पण्डितले सेवा सुविधा भन्दापनि जनताको काममा ध्यान केन्द्रीत गर्न सुझाव दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सर्लाहीको धनगढा पुर्खौली घर भएका मन्त्री पण्डित गएसाँझ पारिवारिक भेटघाटका लागि मलंगवा आएका थिए । उनले नयाँ संरचना अनुसार अबको एक महिनाभित्र सबै ठाउँमा कर्मचारी पुगिसक्ने दावी समेत गरे ।

मन्त्री पण्डितले अपुग भएको ठाउँमा प्रविधीमैत्री र सक्षम नयाँ युवा जनशक्ति नियुक्ति गरेर भएपनि जनताको सेवा र विकासलाई गति दिने प्रतिवद्धता व्यक्त गरे ।