काठमाडौं । नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको निधन प्रति कांग्रेसले गहिरो दुःख दुःख व्यक्त गरेको छ । नेपाली कांग्रेसले शुक्रवार शोक विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेको हो ।
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उनको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । सभापति देउवाले भने - “नेपालमा लोकतन्त्र स्थापना र पुन स्थपनामा सक्रिय भूमिका निर्वाह गर्नु भएका, लामो समय प्रवास र जेल जीवन व्यतित गर्नु भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री खुमबहादुर खड्काको निधनको खबरले मलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको छ । स्व. खड्काले पार्टीको संगठन विस्तार र नेपालमा प्रजातन्त्र स्थापना र पुनस्र्थापनामा जीवनपर्यन्त अनवरत रुपमा नेपाली कांग्रेसमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो । मेरा पुराना एवं आत्मीय साथीको निधनले नेपाली कांग्रेस र सिङ्गो मुलुकलाई अपूरणीय क्षति पुगेको छ । उहाँको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दछु । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।”
कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृह मन्त्री खुमबहादुर खड्काको शुक्रवार भारतको दिल्ली स्थित अपोलो अस्पतालमा उपचारका क्रममा साँझ ५:१५ बजे निधन एको हो ।
उनि मिर्गौला, छाती र नसा सम्बन्धी समस्याबाट पीडित थिए । मिर्गौला प्रत्यारोपण गरेका नेता खड्काको स्वास्थ्यमा समस्या देखिएपछि गत फागुनको पहिलो साता उनलाई नयाँ दिल्लीमा उपचारका लागि लगिएको थियो । नेपाली कांग्रेसको राजनीतिमा विद्यार्थी कालदेखि नै सक्रिय रहेका खड्का वि.स. २०३३ साल पुष १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर बी.पी. कोइरालासँगै नेपाल फकिएका थिए ।









