नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको भाउ २ सयले घटेर ५७ हजार ८ सयमा कारोबार भएको जनाएको छ । त्यसैगरी यो सातामा समग्रमा सुनको भाउ ७ सय रुपैयाँ घटेको छ ।

हप्ताको पहिलो दिन आइतबार तोलाको ५८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबारसम्म घटबढ भएन । बुधबार तोलामा २ सय रुपैयाँ घटेको सुनको भाउ बिहीबार ३ सय रुपैयाँ घट्यो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

शुक्रबार फेरि तोलामा २ सय रुपैयाँ घटेर सुन तोलाको ५७ हजार ८ सय रुपैयाँमा झरेको हो । यस्तै यो हप्ता चाँदी तोलामा ५ रुपैयाँ घटेर ७ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।