काठमाडौं- जुम्लाबाट निर्वाचित माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले सांसदहरुको भूमिकाबारे प्रश्न उठाएका छन्। उनले आफ्नो जिल्लामा अनेक किसिमका अप्ठ्यारो रहेको बताउँदै त्यसको समाधानका लागि पहल गर्न भूमिका भने प्रस्ट नभएको भन्दै दुखेसो पोखेका छन्।

'हाम्रो अधिकार के त', शुक्रबार संसद्‌ बैठकमा बोल्दै महतले भने, 'नीति बनाउने भन्छन्, दलले बनाइहाल्छ। विकास निर्माण भन्यो, प्रदेश र स्थानीयमा गइसक्यो भन्छन्। हामी के गुच्चा खेलेर बस्ने?'

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले हामी सिंहदरबार जाँदा हिजोका जर्साब कर्साबहरुलाई भेटेझैं लाग्ने बताए। 'सिंहदरबारमा जर्साब कर्साबहरु भेट्नु नपरोस्। हिजोका राजामहाराजा र भाइभारदारहरुलाई भेट्नु नपरोस्', उनले भने।

सांसद महतले जिल्लामा धेरै बाचा गरेर आएको तर यहाँ मन्त्रीलाई भेट्न जाँदा माग्न आएजस्तो गर्छन् भन्दै असन्तुष्टि जनाएका थिए।

नेपाल लाइभ बाट