प्राप्त प्रति मतका लागि प्रचण्डको लगानी : देउवा र ओलीको तुलानामा प्रचण्डले चुनावमा झण्डै साढे २ गुणा कम लगानी गरेका छन् । चितवन क्षेत्र नम्बर ३ बाट लडेका प्रचण्डले चुनावमा ९ लाख ९४ हजार ५ सय ४२ रुपैयाँ खर्च गरेको हुँ भनेका छन् । उ
नले चुनाव लडेको क्षेत्रमा १ लाख २५ हजार ८ सय २३ मतदाता थिए । राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेललाई ९ हजार ३ सय ४१ मतले हराउन उनले ४८ हजार २ सय ७६ मत पाए । समग्रमा उनले प्राप्त गरेको प्रति मतका लागि २० रुपैयाँ ६० पैसा खर्च गरेको देखिन्छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को परिच्छेद १० को दफा ७२ (४) को प्रावधान अनुसार उम्मेदवारले निर्वाचन प्रचार प्रसार खर्च, परिणाम घोषणा भएको ३५ दिनभित्र सम्बन्धित कार्यालयमा पेश गर्नुपर्ने उल्लेख छ ।
प्रतिनिधिसभाको १ सय ६५ सीटका लागि १ हजार ९ सय ४४ र प्रदेशसभाका ३ सय ३० सीटका लागि ३ हजार २ सय ३८ उम्मेदवार थिए । प्रदेशसभा प्रत्यक्षका लागि १५ लाख रुपैयाँको खर्च सिलिङ तोकिएको थियो ।










