दमक । झापाको दमकमा रहेको भुटानी शरणार्थी शिविरमा राती ८ बजेपछि हिडन प्रतिबन्ध लगाइएको छ । शिबिरमा अवाञ्छित गतिबिधि हुन सक्ने आशका बढेपछि शिबिर ब्यवस्थापन समिति, शिबिर रेखदेखमा सहयोग पुर्याउदै आएका निकायहरु र सुरक्षा निकायहरुको छलफलपछि बेलुका ८ बजेपछि हिडडुलमा प्रतिबन्ध लगाईएको बताईएको छ ।
शिबिर ब्यवस्थापन समितिका सचिब टीकाराम रसाइलीका अनुसार सबै सरोकारवाला निकायहरुको सहमतिमा यस्तो निर्णय भएको हो । उहाँका अनुसार शिबिरमा जनसंख्या घट्दै जाँदा बाहिरका मानिसहरु आउने क्रम समेत बढेकाले यसले अपराध निम्त्याउन सक्ने भएकाले यस्तो निर्णय गरिएको जनाउनु भयो ।
शिबिरमा रातको समयमा अप्ठेरो पर्न सक्ने भन्दै रातको समयमा सुरक्षा दरिलो बनाउन यहाँ बनेका टोलहरुलाइ टर्च लाइट समेत बितरण गरिएको सचिब रसाइलीले बताउनु भएको छ । उहाका अनुसार हरेक सेक्टरमा एकथानका दरले ६२ वटा टर्च लाइट बितरण गरि सकिएको छ ।










