पूर्वगृहमन्त्री एवं नेपाली काँग्रेसका नेता खुमबहादुर खड्काको निधनमा नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले मार्मिक श्रद्धान्जली पत्र लेखेका छन् ।

भारतमा खड्काको निधन भएको खबर थाहा पाउनासाथ गौतमले श्रद्धाञ्जली पत्र लेखेका हुन् । खड्का र आफ्नो हक्की स्वभाव समान रहेको भन्दै गौतमले लेखेका छन्:

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

खुमबहादुर खड्का,

कहिले लड्यौ – कहिले मिल्यौ

हकी स्वभाव समान थियो

आज तिमी बिदा भयौ संसारबाट

श्रद्धाञ्जली तिमीलाई !

काँग्रेस नेता खडकाले २०५४ सालमा एमाले फुटाउन गौतमलाई आफूले पनि साथ दिएको हाकाहाकी बताउँदै आएका थिए । गौतम र खड्काबीच कुनैबेला निकै घनिष्ठ सम्बन्ध थियो ।