पर्वत । पर्वतको गुप्तेश्वर बहुमुखी क्याम्पस, स्वतन्त्र विद्यार्थी यूनियनका सभापतिसहित तीन यूवा एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । बिहीबार राती कुश्मा नगरपालिका–४ छमर्के घुम्तीको एक होटलमा युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा नेपाल विद्यार्थी संघबाट निर्वाचित स्ववियु सभापति शिशिर क्षेत्रीसहित तीन युवा पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा स्ववियु सभापति कुश्मा नगरपालिका–१ पाङका क्षेत्रीसहित कुश्मा नगरपालिका–५ मेलमिलापचोकका सुजल श्रेष्ठ र फलेवास नगरपालिका–६ देविस्थानका सौगात शर्मा पौडेलले रहेको प्रहरीले जनाएको छ । उनीहरुले युवतीको बलात्कार गरेको आरोप छ । जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारी अनुसार बाग्लुङको चैते दसैँ मेला अवलोकन गरेर फर्किँदै गरेका दुई युवतीलाई बिहीबार दिउँसो ३ बजेदेखि मालढुंगाबाट लिएरका आएका श्रेष्ठ र पौडेलले गेष्टहाउसमा राखेपछि शिशिरलाई बोलाएका थिए ।
दिउँसैदेखि खाजा खाँदै छमर्के स्थित न्यू सेवा गेष्ट हाउसमा बसेका दुई युवती मध्ये एक युवती भाग्न सफल भएकी र अर्की स्याङजा जिल्ला घर भएकी १६ वर्षकी युवतीलाई भाग्न खोज्दा खोज्दै समातेर जर्बजस्ती करण गरेको बुझिएको प्रहरीले बताएको छ । प्रहरीले होटल मालिक नारायण भन्ने शेरबहादुर हमाललाई पनि अनुसन्धानका लागि पक्राउ गरेको छ ।
भाग्न सफल युवतीले आफन्तलाई खबर गरेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले खोजतलास गर्दा सोही होटलमा तीनैजना युवासहित एक युवतीलाई भेटेको थियो ।
पीडित युवती र घटनामा संलग्न युवाबिच यसअघि कतै पनि भेट तथा चिनजान नभएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
पीडित युवतीका आफन्तलाई बोलाएर जबर्जस्ती करणी अन्तर्गत मुद्दा दायर गर्ने प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक दिलिप घिमिरेले बताए । घटनामा संलग्न तीनैजना आरोपितलाई म्याद थपेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










