काठमाडौं, १७ चैत्र ।

गत २०७२ बैशाख १२ मा गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर शक्तिशाली भूकम्प गएको तीन वर्ष पुग्नै लाग्दा आज साँझ पुनः अर्को पराकम्प गएको छ । काभ्रेलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले राजधानी काठमाडौंमा समेत धक्का महसुस गरिएपछि मानिसहरु बाहिर निस्केका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भूकम्प मापन केन्द्रका प्रमुख लोकबिजय अधिकारीका अनुसार शनिवार साँझ ६ः३३ बजे काभ्रेको धुलिखेलदेखि ११ किमी पूर्वतर्फ केन्द्रबिन्दु बनाएर ३.५ रेक्टरस्केलको पराकम्प गएको हो ।

केन्द्रका अनुसार बैशाख १२ को भूकम्पपछि हजारौं साना तथा ४९२ वटा ठूला पराकम्प गएको छ । आज गएको पराकम्प भन्दा अघि गत फागुन ९ गते ३.६ रेक्टरस्केलको ४९१ औं पराकम्प गएको थियो ।