पाँचथर । कुटपिटबाट घाइते हिलिहाङ गाउँपालिका–७ का वडाध्यक्ष तीर्थराज तिम्सिनाको उपचारका क्रममा मृत्यु भएको छ । सडक विस्तारका क्रममा विवाद हुँदा कुटिएका तिम्सिनाको उपचारका निम्ति झापातर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

तिम्सिनाले कुटिएलगत्तै सोही गाउँका भीमबहादुर योक्पाङदेनविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए । जाहेरी दिएको २४ घण्टा बित्न नपाउँदै तिम्सिनाको मृत्यु भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

वडाको सडक विस्तार गर्ने विषयमा विवाद भएपछि योक्पाङदेनले आफूमाथि हातपात गरेको भन्दै तिम्सिनाले जाहेरी दर्ता गराएको पाँचथरका प्रहरी नायब उपरीक्षक बामदेव गौतमले जानकारी दिए ।

यसैबीच, एक महिलालाई जबरजस्ती करणी गरेर गर्भवती बनाएको आरोपमा प्रहरीले वडा सदस्य पक्राउ गरेको छ । पाँचथरको फालेलुङ गाउँपालिका–६ का वडा सदस्य कमल गुरुङलाई जबरजस्ती करणी आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

पाँचथर प्रहरीले पीडित महिलाले गुरुङले आफूलाई जबरजस्ती करणी गरी गर्भवती बनाएको उजुरी दिएपछि आज पक्राउ गरिएको जनाएको छ ।

पक्राउ गरिएका गुरुङविरुद्ध जबरजस्ती करणी मुद्दाअन्तर्गत म्याद थप गरी अनुसन्धान थालिएको पाँचथर प्रहरी प्रवक्ता प्रहरी निरीक्षक विज्ञान बस्नेतले बताए ।