मोरङ– अवैध सुनसहित विराटनगर विमानस्थलमा एक भारतीय पक्राउ परेका छन्।
श्री एयरलाईन्सको उडानद्धारा काठमाडौँ जान लागेका भारत कलकत्ता घर भएका ४० बर्षीय नारायण सामन्तोलाई प्रहरीले मोति मालाको दाना आकारको ३ सय ९४ थान र पालतो सानो पाता १ थानको सुन सहित पक्राउ गरेको हो।
बिराटनगर बिमानस्थलमा खटिएको प्रहरीले शनिबार उनलाई चेक गर्र्दा उनको झोलाबाट उक्त सुन बरामद भएको हो। पक्राउ परेका भारतीयलाई प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ।
-नेपाल लाइभ बाट









