काठमाडौं । मान्छे निश्चित आयु बाँच्छन् । कसैले पनि मृत्युलाई रोक्न सक्दैन । तर मान्छेले आफ्नै कारण निश्चित उमेरभन्दा कम आयु बाँच्छन् । मान्छेको कतिपय प्रवृत्ति यस्तो हुन्छ, जसले उनीहरुको आयु घटाउँछ । त्यही प्रवृत्तिको कारण निश्चित उमेरभन्दा कम बाँच्छन् ।

हालै अमेरिकाका वैज्ञानिकहरुले गरेको एक अध्ययनबाट धेरै रिसाउने मान्छेको मृत्यु समयभन्दा अगाडि हुने खुलासा भएको छ । रिसर्चको निचोड छ, ‘एकदमै रिसाउने वा रिसाइरहने व्यक्ति लामो समय बाँच्दैनन् । उनीहरु आफ्नो उमेरभन्दा कम समयमै मर्छन् ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

रिसको प्रभाव के हुन्छ वा शरीरमा त्यसको के प्रभाव हुन्छ भनेर वैज्ञानिकहरुले अध्ययन गरेका थिए । त्यस अनुसार रिसले शरीरमा कतिपय गलत असर पर्ने कुरा खुलासा भएको थियो ।

लोवा स्टेट युनिभर्सिटीमा गरिएको अध्ययन अनुसार रिसाह व्यक्ति अरुभन्दा डेढ गुना अघि नै मर्छन् । रिसाउने व्यक्तिको शरीरमा केहि किसिमको केमिकल परिवर्तन हुन्छ । यसले चिन्तादेखि केहि मनोरोग पनि पैदा गर्छ । साथै उनीहरुको डिएनए पनि खराब हुन्छ । यसले ज्यान लिने रोग ल्याउँछ । रिसको कारण व्यक्तिको मस्तिष्क बढी सक्रिय हुन्छ र मस्तिष्कले आरम पाउँदैन