काठमाडौं । संघींय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बन्ध सुधारमा विशेष ध्यान दिन सुझाव दिएका छन्। नेपाल जस्तो कमजोर मुलुकले दुवै छिमेकी कुलुकसँग बराबरीको सम्बन्ध बनाउनु उचित हुने भन्दै उनले कार्ड प्रयोग गर्ने समय सकिएको बताए।

‘भारत र चीनको सम्बन्ध अहिले बलियो हुँदैछ’, यादवले भने, ‘अब कार्ड खेल्ने युग सकियो।’ नेपालको हालसम्मको कूटनीतिक प्रयास कमजोर भएको तर्क गर्दै उनले दुवै छिमेकी मुलुकसँग मित्रता कायम गर्दै विकासमा साझेदारी गर्नेतर्फ प्रधानमन्त्रीको प्रयास हुनुपर्ने सुझाव दिएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित यादव शनिबारदेखि गृहजिल्लामा छन्।

न्यूज २४ नेपाल टिभी बाट