झापाको दमक नगरपालिका ५ दमक चोकमा बसको चक्काले लागेर एक जना पैदलयात्रुको मृत्यु भएको छ ।

आइतबार बिहान दमक चोकस्थित सडकमा गुडिरहेको मे १ ख ५४३६ नम्बरको बसको चक्काले लागेर स्थानीय ७१ वर्षिया हरिमाया पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बसको चक्काले लागेर गम्भीर घाइते भएकी पाण्डेको उपचारका क्रममा लाईफ लाईन अस्पताल झापामा मृत्यु भएको प्रहरीले जनाएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सडकमा हिँड्दै गरेकी पाण्डेलाई बसको चक्का फुस्किएर लागेको थियो ।

काठमान्डू टुडे बाट