कारले मालिकको मुड अनुसार रंग वदल्छ । बेलायती अखबार डेली मेलले जनाए अनुसार विश्वप्रशिद्ध ब्रान्ड लेक्ससको नया“ मोडलको कारको कुरा हो । जापानी कार निर्माता कम्पनी लेक्ससले चालकको मुड अनुसार आफ्नो रंग वदल्ने कार पेश गरेको हो । यसको नाम हो लेक्सस–सेडान २०१७ लिट एसआई ।

यस कारमा ४१९९९ प्रोग्रामेबल एलइडी लाइट्स प्रयोग गरिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यो कन्सेप्ट कार होइन, भलै कम्पनीले त्यसको मूल्य नै सार्वजनिक नगरेको होस् । तर, के पनि भनिन्छ भने यो कार विक्रीको लागि होइन । अनौठो ढंगले सार्वजनिक गरिएको यो गाडीको वारेमा वेलायतकी प्रख्यात गायिका डुवा लिपाले ‘बी द वन’ शीर्षकमा भिडियो नै वनाएकी छिन् ।

प्राप्त जानकारी अनुसार यस कारमा तीन मोड उपलव्ध छ, अट्रयाक्ट मोड कलरफुल ग्राफिक्स देखिन्छ । म्युजिक विज मोडमा स्टेरियामो वजेको गीत अनुसार कारको ग्राफिक्स वद्लिन्छ । ग्रेचर मोडमा हातको इशारा अनुसार ग्राफिस वदल्न सकिन्छ ।

कम्पनीले के भनेको छ भने, यस कारमा योजना अनुसार करिव ४२ हजार एलइडी राखिने थियो । तर, एक प्राविधिकको त्रुटीवस एक एलइडी राख्न भुलियो । अटो क्षेत्रमा चर्चा छ, कम्पनीले भविष्यमा यस्तो कार वनाउन सक्छ । झट्ट हेर्दा यसमा जडान गरिएको एलइडी लाइट हातले लगाइएको जस्तो देखिन्छ । तर, यस काममा पा“च हजार २ सय ८० फिट तार प्रयोग गरिएको छ ।