इनरुवा । नेपालका लागि चिनियाँ राजदूत यु हाङ्गले इनरुवा क्षेत्रमा रहेको मुसहर बस्तीको अनुगमन गरेकी छन् । गत साउनमा वर्षासँगै आएको बाढीबाट कोशी गाउँपालिकामा घरबार बिहिन भएका बाढीपिडित क्षेत्रको अनुगमन गरेकी हुन् ।
बाढीपीडितहरुलाई चीनले एक घर बराबर ऊनी पछ्यौरा २ थान, उनी कम्बल २ थान, प्लाष्टिकको बाल्टी र मग एक एक थान, भाँडाकुडाँ आल्मुनियमका भाँडा ३ थान, खाना खाने प्लेट ३ थान, कप २ थान, डाडु र पन्यू एक एक थान, किटानु प्रतिरोधि झुल २ थान, धुवाँरहित खाना पकाउने स्टोभ एक थान, फिल्टर एक थान, स्वच्छता सामग्रीहरु लगायत दुई महिनालाई पुग्ने सामान वितरण गरेको थियो ।
वितरण गरिएको सामग्रीको सदुपयोग भए/नभएकोबारे जानकारी लिन राजदूत हाङ्गले शनिवार अनुगमन गरेकी नेपालस्थित चिनियाँ राजदूतावासको कार्यालयले जनाएको छ । राजदूत हाङ्गले भोक्राहा नरसिंह वडा नम्बर ४ र कोशी गाउँपालिका वडा नम्बर १ लौकहीको मुसहर बस्तीको अनुगमन गरेकी हुन् ।
केन्द्र बिन्दु बाट साभार









