चिनियाँ अन्तरिक्ष स्टेसन तियानगोंग-वानको भग्नावशेष सोमवार पृथ्वीको वायुमंडलमा प्रवेश गर्ने भएको छ। तर यो पृथ्वीमा कहाँ खस्ने छ भन्नेबारे अझै वैज्ञानिकहरू अनभिज्ञ रहेका छन्।

चिनियाँ अन्तरिक्ष एजेंसीले जाए अनुसार यसको थुप्रो कहाँ खस्ने भन्नेबारे अझै पत्ता लाग्न नसकेको भए पनि वायुमंडलमा प्रवेश गर्नासाथ यसका अवशेष जलेर खरानी भैसक्न भएकाले कुनै ठुलो टुक्रा पृथ्वीको सतहमा खस्ने सम्भावना न्यून रहेको बताइएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दक्षिण कोरियाली समाचार समिति योनहापका अनुसार बिग्रिएको यानको थुप्रो भोलि सोमवार बिहान ७ बजेर ४१ मिनेट देखि अपरान्ह ३ बजेर ४१ मिनेटका बीच वायुमंडलमा प्रवेश गर्नेछ।

चिनियाँ अन्तरिक्ष स्टेसन नियन्त्रण बाहिर, पृथ्वीमा खस्ने आशंका

एभरेस्ट दैनिक बाट साभार