काठमाडौं– वीर अस्पतालको ट्रमा सेन्टरबाट हाम फालेर एक अमेरिकन नागरिकले आत्महत्या गरेका छन्। नेपालमा अवैध रुपमा बसेको आरोपमा पक्राउ परेका जोन पारमाकले आइतबार साँझ आत्महत्या गरेका हुन्।

अवैध रुपमा बस्दै आएको आरोपमा उनलाई एक साताअघि पर्यटन प्रहरीले पक्राउ गरेको थियो। अध्यागमन विभागले उनीमाथि अनुसन्धान गरिरहेको थियो। अध्यागमन विभाग हिरासतमै उनले बिहिबार ब्लेडले घाँटी काँटेर आत्महत्या प्रयास गरेका थिए। सो घटनापछि उपचारका लागि उनलाई वीर अस्पताल लगिएको थियो। प्रहरीलाई झुक्याएर उनी हाम फालेका हुन्। उनले ट्रमा सेन्टरको छैंठौं तलाबाट हाम फालेको प्रहरीले जनाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ट्रमा सेन्टरको छैंटौं तल्लाबाट हाम फालेका जोनको मृत्यु भएको महानगरीइ प्रहरी प्रहरी वृत्त जनसेवाका डिएसपी टेकुनन्द लिम्बुले बताए।

लागूऔषध दुव्र्यसनी जोनसँग पासपोर्ट र भिसा नभएको खुलेपछि पर्यटन प्रहरीले गत साता पक्राउ गरेको थियो।