नेपालका प्रख्यात सितार बादव बिजय बैद्यको दुखद निधन भएको छ । नेपाली गित संगितको क्षेत्रमा मात्रै नभएर अन्तर्राष्ट्रिय क्षेत्रमा सितार बादकको रुपमा पहिचान बनाएका बैद्यको आइतबार काठमाडौंको शिक्षण अस्पतालमा निधन भएको हो ।
केही दिनअघि निमोनिया भई बसुन्धारास्थित विपि पोलिटेक्निकल अस्पतालमा भर्ना भएका बैद्यको आइतवार निधन भएको हो । निमोनियाले च्यापेपछि टिचिङ हस्पिटलको भेन्टिलेटरमा राखेर उपचार गरिदै थियो । आइतबार दिउँसो ३ः०० बजेको समयमा उनको निधन भएको उपचारमा संलग्न एक संगितकर्मीले जनाए । उनको आजै अन्तिम संस्कार गर्ने कार्यक्रम रहेको जनाइएको छ । बैद्यको निधनमा नेपाली गित संगितकर्मीहरु स्तब्ध बनेका छन् ।










