दमक/निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका महासचिव सुवोधकुमार देवकोटाले आफूहरुले आफूहरुले प्रदेशका लागि लोकसेवा पास नगरेको बताएकाछन् ।
उनले सामान्य प्रशासन मन्त्री लालबाबु पंण्डितको भनाइले आफूहरुको मन रोएको बताएकाछन् । मन्त्री अभिभावक भएको बताउदै आफूहरुलाइ थर्काउने शैलीमा बोलेको भन्दै उनले चित्त दुखाएकाछन् ।
उनले आफूहरुले मन्त्री खोज्दै नगएको र मन्त्रीले पनि आफूहरुलाइ नखोजेको समेत उनले खुलासा गरेकाछन् । उनले मर्यादा अनुसार अभिब्यक्ति नदिएको आरोप पनि लगाएकाछन् ।
रातोपाटी अनलाइनमा उनले अन्तरवार्ता दिदा यस्तो बताएकाहुन् । उनले आफूहरु बिरुद्ध धेरै लाञ्छना लगाउने गरेको समेत गुनासो पोखेकाछन् ।
कुनै पनि ब्याक्तिलाइ भाग्ने नदिइ कोठामा थुनिएर कुटिएमा त्यसको प्रतिकार हुने भन्दै उनले मन्त्री पंण्डितलाइ चुनौती समेत दिएकाछन् ।









