चैत १८ – विवेकशील साझा पार्टीको केन्द्रीय समिति बैठकले १२ विभाग गठन गरी संयोजक तोकेको छ। बैठकले संगठन विभाग, नीति तथा प्रशिक्षण विभाग, विदेश मामिला विभागसहितका १२ विभाग गठन गरेको प्रवक्ता डा. सूर्यराज आचार्यले बताएका छन्।
संगठन विभाग प्रमुखको जिम्मेवारी मुमाराम खनालले पाएका छन्। संसदीय मामिला विभाग प्रमुखमा पुकार बम, अभियान विभाग प्रमुखमा रञ्जु दर्शनाले जिम्मेवारी पाएकी छन्।
सामाजिक न्याय तथा समावेशिता विभाग प्रमुखमा प्रकाशचन्द्र परियार, विदेश मामिला विभाग प्रमुखमा डा. दिनेश प्रसाईं, सञ्चार विभाग प्रमुखमा किरणकृष्ण श्रेष्ठ, उद्यमशीलता तथा रोजगार विभाग प्रमुखमा सुबुना बस्नेत तोकिएकी छन्।
यसैगरी, अनुसन्धान विभाग प्रमुखमा जीवन श्रेष्ठ, अर्थ विभाग प्रमुखमा आशुतोष तिवारी, कानुनी मामिला विभाग प्रमुखमा निरुपमा यादव र कार्यालय व्यवस्थापन विभाग प्रमुखमा मानवी पौडेलले जिम्मेवारी पाएका छन् नीति तथा प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी प्रवक्ता डा. आचार्यलाई दिएको छ।










