झापा, चैत १८ ।।

मुलुकी ऐनको प्रतिस्थापनका लागि ल्याउन लागिएको देवानी कानुनमा पत्नीले स्वेच्छाले सम्बन्ध विच्छेद गर्दा सम्पत्ति नपाउने व्यवस्था प्रस्ताव गरिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

देवानी कानूनको संशोधन तथा एकीकरण गर्न बनेको विधेयक परिमार्जनका लागि गठित उपसमितिले अब ‘पति सम्बन्ध विच्छेदको कारक नभए’ सम्पति दिनु नपर्ने प्रावधान प्रस्ताव गरेको हो ।

मुलुकी ऐनमा पति र पत्नी छुट्टिदाँ सम्पति आधा / आधा हुने व्यवस्था छ । उपसमितिले प्रस्ताव गरेको व्यवस्था विधायन समिति हुँदै संसदबाट पारित भएर राष्ट्रपतिले प्रमाणिकरण गरेपछि लागू हुनेछ ।

त्यस्तै उपसमितिले अब सम्बन्ध विच्छेदका लागि पतिले पनि सोझै अदालतमा मुद्दा दायर गर्न सक्ने प्रावधान प्रस्ताव गरेको छ ।

यसअघि पत्नीले चाहेमा मात्र सिधै अदालतमा मुद्दा दायर गर्न पाउने व्यवस्था छ। तर पतिले भने गाविस वा नगरपालिका कार्यालयबाट मुचुल्का उठाएर अदालत जानु पर्ने प्रावधान छ ।