परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली चैत २२ गते अजरबैजान जाने भएका छन् । असंलग्न राष्ट्रहरूको मन्त्री स्तरीय सम्मेलनमा सहभागी हुन मन्त्री ज्ञवाली अजरबैजान जान लागेका हुन् ।

चैत २२ र २३ गते हुने सम्मेलनमा नेपालबाट प्रतिनिधि मण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री ज्ञवाली अजरबैजान जान लागेका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सम्मेलनमा सहभागी हुन नेपालका तर्फबाट संयुक्त राष्ट्र संघका लागि न्यूयोर्कस्थित नेपाली स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टरार्इ, कन्सुलर सुरेन्द्र थापा समेत सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्री स्तरीय सम्मेलन अगाडि चैत २० र २१ गते उच्चअधिकारीहरूको बैठक बस्ने छ । सम्मेलनमा यसअघिका शिखर सम्मेलनको समीक्षा गर्दै आगामी शिखर सम्मेलनको तयारी गर्ने छ ।

‘दिगो विकासका लागि अन्तर्राष्ट्रिय शान्त र सुरक्षाको प्रवर्द्धन’ नाराका साथ सम्मेलन अजरबैजानको राजधानी बाकुमा हुँदैछ ।

उनी असंलग्न राष्ट्रहरूको मन्त्री स्तरीय सम्मेलनमा सहभागी हुन अजरबैजान जाने भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारत भ्रमणमा उनको उपस्थिति नहुने भएको छ ।

काठमांडू टुडे बाट