दमक/राजकुमार शाक्यले गौरीगँज गाउँपालिकाको कार्यकारी अधिकृतको जिम्मेवारी पाएकाछन् । केहि महिनायता जिल्ला समन्वय समिति झापामा रहदै आएका थिए ।
कमल गाँउपालिकामा कार्यकारी अधिकृतको भूमिकामा रहिरहेको अवस्थामा उनको यहाँबाट सरुवा भएको थियो । स्थानीय स्तरमा लोकप्रीय अधिकृतको रुपमा उनले पहिचान बनाइ सकेका थिए ।
कमल गाँउपालिकामा रहदा उनले राम्रो काम गरेको भन्दंै प्रशंशा समेत भएको थियो । उनी यहि साताबाट गौरीगन्ज गाँउपालिकामा कार्यकारी अधिकृतको जिम्मेवारी आएका हुन् ।










