सुनसरी-तस्करीको लाइन मिलाउन भनेर डिएसपीलाई भेट्न गएका एक व्यापारीलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान अघि बढाएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीले भारतीय व्यापारी बिद्यानन्द साहलाई पक्राउ गरेको हो।

सीमामा कपडाको तस्करी गर्ने साहले सुनसरीका निमित्त प्रहरी प्रमुख डिएसपी नारायण चिमोरियालाई तस्करीको लाइन मिलाइदिन आग्रह गर्दै आइतबार दिउँसो भेट्न इनरुवास्थित बसपार्कमा बोलाएका थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

लगत्तै डिएसपी चिमोरियाले उनलाई बसपार्कमा गएर पक्राउ गरेका हुन्। प्रहरीलाई दिन लिएर आएको २५ हजार घुससहित पक्राउ गरेको हो। प्रहरीलाई घुस दिएर प्रभावमा पार्न खोजेको भन्दै उनलाई पक्राउ गरिएको जिप्रका सुनसरीलेृ जनाएको छ।

व्यापारी साह विहारको अररिया जिल्लाका हुन्।

नेपाल लाइभ बाट