दमक/सरकारबाट बाहिरने समयमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ६५ बर्ष उमेरदेखि नै नागरिकता दिने निर्णय भएको बताएका थिए । तर यो निर्णय लागु हुन नसक्ने त्यो समयदेखि नै वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले अडान पनि लिदै आएका थिए ।

अहिले त्यस्तै भएको छ । यो बिषयमा सरकारले आधिकारीक निर्णय नै नभएको खुलासा भएको छ । सरकारले माइन्यूट नै नगरेको पाइएपछि ओली सरकारले यो कदमलाइ रोकेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अर्थ मन्त्री युवराज खतिवडाले श्वेतपत्र जारी गर्दै यसले अधिक ब्यय भार बढ्ने जनाएका थिए । राज्यको ढुकुटी नै खालि भएको अवस्थामा यो दिन नसकिने उनले बताउदै पनि आएकाछन् ।

यो भन्दा अघिल्लो देउवा सरकारले बृद्ध भत्ता पाउने उमेर हद पाँच वर्ष घटाएर ६५ वर्षमा झारेको थियो । ७० बर्ष पुगेपछि जेष्ठ नागरिकले बृद्धभत्ता पाउदै आएकाछन् ।