काठमाडौं । म्युजिक भिडियो तथा नृत्य निर्देशक शंकर विसीले सामाजिक सञ्जालमार्फत गाली गलौज गर्नेविरुद्ध महानगरीय अपराध महाशाखा टेकुमा मुद्दा दर्ता गरेका छन् । केही दिन पहिले एक पत्रकारलाई दिएको धम्कीपछि निर्देशक विसीलाई सामाजिक सञ्जालमार्फत गाली गलौज गरिएको थियो ।
सामाजिक सञ्जाल फेसबुक, ट्वीटर मार्फत “जातीय गाली गलौज र अपशब्द प्रयोग” गर्ने ब्यक्तिविरुद्ध उनले साईवर क्राईम अन्तर्गत मुद्दा दायर गरेका हुन् । सामाजिक सञ्जालमार्फत गरिएका गाली गलौजको स्क्रिनसर्ट गरेर साईबर क्राईम अन्र्तगत मुद्दा दायर गरिएको निर्देशक विसीले जानकारी दिए ।
आफुविरुद्ध सामाजिक सञ्जालमा जातीय नाम जोडेर अपशब्द लेख्नेविरुद्ध मुद्दा हाल्ने यसअघि नै बताईसकेका थिए । उनको चेतावनीपछि गाली गर्नेहरु मध्ये केहीले प्रोफाईल डिएक्टीभ गरेका, केहीले कमेन्ट डिलीट गरेर नाम परिवर्तन गरेको देखिएको उनको भनाई छ । जातीय अपशब्द प्रयोग गर्ने ४ जना मलेसीयामा रहेको, दुई जना काठमाडौंमा रहेकोविरुद्ध मुद्दा दायर गरिएको हो ।










