
मुम्बई । हामीले विभिन्न फिल्महरुमा बोल्ड तथा सेक्सी सिनहरु देखेका हुन्छौं । बलिउड, हलिउड तथा नेपाली फिल्ममा बोल्ड तथा उत्तेजक सिन शुटिङ गर्दा एकदमै सावधानी अपनाउनुपर्ने हुन्छ । यस्तो अवस्थामा त्यसमा अभिनय गरेका कलाकारका साथै निर्देशक र क्यामेराम्यान त अत्यावश्क नै भयो । यी बाहेकका अन्यलाई सेटबाट बाहिर पठाइने गरिन्छ ।
आखिर कसरी गरिन्छ ती बोल्ड सिनका शुटिङ ? कस्तो तरिका अपनाइन्छ त्यस अवस्थामा ? हिरोइनले यस्तो बेला नर्भस महशुश नगरुन् भन्नाका लागि निर्देशकले विशेष ध्यान दिएका हुन्छन् । यसैका लागि सन् २०१६ मा अाउन लागेको फिल्म ‘XXX’ महिला निर्देशक नियुक्ति गरिएको छ । जसले बोल्ड सिनमा हिरोइनहरु खुल्न सकुन् ।
बलिउडका चर्चित निर्देशक अनुराग कश्यप हाल शर्ट फिल्मका लागि व्यस्त रहेका छन् । शुटिङका क्रममा बोल्ड सिनका लागि मात्र महिला सहभागी थिए ।
बीस मिनेटको यस फिल्मको एक सिनमा राधिका अाप्टेले कपडा माथि उठाउनुपर्ने थियो । यसैका लागि कश्यपले महिला निर्देशक नियुक्ति गरे । यस्ता बोल्ड सिनका लागि अनेकौं समस्याहरु अाउन सक्छन् भनेर सकेसम्म महिला यूनिट खटाइन्छ नत्र निकै सावधानीका साथ शुटका लागि नभइ नहुने सदस्यबाहेक अरुलाई प्रवेश रोक लगाइन्छ । ताकि बोल्ड सिन बिना हिच्किचाहट शुट गर्न सकियोस् ।