दमक/जेसिज अध्यक्षहरुको राष्ट्रियभेला चितवनको सौराहमा सम्पन्न भएको छ । दूइ दिनसम्म चलेको भेलामा देशभरका जेसिज शाखाहरुले गरेका कार्यक्रम र नयाँ योजनाहरुको बिषयमा छलफल भएको दमक जेसिजका अध्यक्ष तन्द्र खत्रीले बताएकाछन् ।
खत्रीका अनुसार जेसिनका राष्ट्रिय अध्यक्ष श्रीधर बत्स्याल सहित पदाधिकारीहरुको उपस्थितिमा शाखाका गतिबिधिहरु प्रस्तुत भएका थिए । नयाँ योजनाहरुको बिषयमा छलफल समेत भएको थियो । देशभरका १ सय २५ जेसिजका शाखाका अध्यक्षहरु भेलामा सहभागि रहेको पनि बताईएको छ ।
यसैगरी दमक जेसिजले चाँडैनै क्यालेन्डर प्रकाशन गर्ने तयारी गरेको छ । अध्यक्ष खत्रीका अनुसार नयाँ बर्षको क्यालेण्डर प्रकाशनको अन्तिम तयारी भएको छ । संघसंस्थाहरुसंगको छलफल र दमक पब्लिक लाइब्रेरीलाइ पुस्तक प्रदान गर्ने कार्यक्रम समेत तय भएको छ ।










