काठमाडौं, चैत्र १९ । आसन्न भारत भ्रमण र सरकारका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि संसद्‌मा विशेष सम्बोधन गर्ने तयारी गरेका छन् ।

गएको फागुन ३ गते प्रधानमन्त्री भएपछि ओलीको यो पहिलो विदेश भ्रमण हो । प्रधानमन्त्रीले चैत्र २३ गतेदेखि २५ गतेसम्म तीन दिने राजकीय भ्रमण गर्न लागेका हुन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसअघि संसद्‌ बैठकमै प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा सदनले जानकारी पाउनुपर्ने माग गर्दै सत्तापक्षकै सांसदहरुले नियमापत्ति जनाएका थिए। प्रधानमन्त्री ओलीको सम्बोधनमा सरकार सञ्चालनको अवस्था, भारत भ्रमण लगायतका विषय समेट्ने तयारी गरिएको बताइएको छ।

अघिल्लो पटक प्रधानमन्त्री भएको बेला भारतले लगाएको नाकाबन्दीविरुद्ध अडान लिएका ओलीको आसन्न भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

दैनिकीन्युज