चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरको बीचमा पर्ने टिकौली जंगलमा ट्रकको पछाडि बस ठोक्किँदा १९ यात्रु घाइते भएका छन्।

घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। सोमबार भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ग१ख ५०६४ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको ना५ख १०१२ नम्बरको ट्रकको पछाडि ठक्कर दिँदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रहरीका अनुसार घाइतेको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। बस तीव्र गतिका रहेका कारण दुर्घटनामा परेको प्रहरीले जनाएको छ। बसका चालक समेत घाइते भएको र ट्रक चालक भने प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ। रासस