काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खाअघि भूकम्पपीडितलाई छानामुनि ल्याउने गरी काम गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुखसहित पदाधिकारीलाई निर्देशन दिएका छन्।

आज बिहान बालुवाटारमा भएको प्राधिकरण निर्देशक समितको वैठकमा प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन्। ‘अब कुनै बहाना चल्दैन, युद्धस्तरमा काम गर्नुस्,’ प्रधानमन्त्री ओलीले भने, ‘केही समस्या भए सरकार सहयोग गर्न तयार छ। तर काम युद्धस्तरमा हुनुपर्‍यो।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अहिलेकै संरचनामा काम अघि बढाउन निर्देशन दिँदै प्रधानमन्त्री ओलीले अरू काम हुँदै गर्ने तर बर्खाअघि सबै भूकम्पपीडित छानामुनि आउने गतिमा काम हुनुपर्नेमा जोड दिएका हुन्।

ओलीले पुनर्निर्माण प्राधिकरणका सिइओ सहितका पदाधिकारिदलाई भने, ‘भूकम्पपछि यत्तिका वर्ष केमा बित्यो, त्यसमा जानुभन्दा अब नतिजामुखी काममा लाग्नुस्।’