माओवादी केन्द्रसंगको पार्टी एकता लगायत समसामयिक विषयमा छलफल गर्न नेकपा एमाले स्थायी कमिटिको बैठक मंगलवार बस्ने भएको छ ।
बैठक संसदीय दलको कार्यालय सिंहदरवारमा दिउँसो साढे २ बजे बस्ने पार्टी केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।
दिउसो ४ बजे पार्टी एकता संयोजन समितिको बैठक बस्नुअघि एमाले स्थायी समिति बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणअगावै पार्टी एकताबारे महत्वपूर्ण निर्णय गर्न संयोजन समितिको बैठक बस्न लागेको हो ।










