काठमाडौँ। गृहमन्त्री रामबहादुर थापाले विशिष्ट व्यक्तिको भिआइपी सुरक्षाका लागि खटिने अनावश्यक प्रहरी र अर्दली फिर्ता गर्न सुरु गरेका छन् ।

गृहमन्त्री भएपछि थापाले गरेको सवैभन्दा प्रशंसनिय कार्य यही हो । प्रहरीका अनुसार अहिलेसम्म ६३ सुरक्षाकर्मी फिर्ता गरिएको छ। फिर्ता हुनेहरुमा ५६ जना पिएसओ र सात सवारी चालक प्रहरी रहेका छन्। प्रहरी प्रवक्ता मनोज नेउपानेले अनावश्यक रूपमा नेता कहाँ रहेका प्रहरीका गाडी चालक फिर्ता हुने क्रममा रहेको बताए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पूर्वमन्त्री, सचिवलाई दिँदै आइएको सवारी चालक र सुरक्षाकर्मी फिर्ता बोलाइएको हो। प्रहरी स्रोतका अनुसार कांग्रेस नेता अर्जुननरसिंह केसी, शंकर भण्डारी लगायत नेता तथा पूर्वसचिवका चालक फिर्ता गरिएको हो।

गृह मन्त्रालयसँग कति सुरक्षाकर्मी र अर्दली भिआइपीको लागि खटाइएको छ भन्ने बारे रेकर्ड छैन। लिखित स्वीकृति नलिइ भिआइपीका सुरक्षामा पर्सनल सेक्युरिटी अफिसर खटिने भएकाले गृह मन्त्रालयसँग को कहाँ कसका लागि खटिएको यकिन विवरण छैन।

वर्षौँदेखि राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, पूर्वमन्त्री र सरकारी कर्मचारीले आफू अनुकूलका पिएसओ माग गर्ने चलन छ। जसको लिखित रेकर्ड राख्ने गरिएको छैन।