नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम एकता केन्द्रीय संयोजन समितिको बैठक आज बस्दैछ ।
बैठकमा एकता मस्यौदा कार्यदलहरुले बुझाएका प्रतिवेदनमा छलफल हुने बताइएको छ । पार्टी एकताको संगठनात्मक संरचना र पार्टीको वैचारिक अवधारणाका लागि गठन गरिएको मस्यौदा कार्यदलले आफ््ना प्रतिवेदन तयार पारिसकेका छन् ।
धेरै बिषय टुंगो लागेपनि एकिकृत पार्टीको निर्वाचन चिन्ह, जनयुद्धवारेको बुझाई र सांगठनिक हैसियतवारे छलफल जारी छ । माओवादी केन्द्रले बराबरी हैसियतमा मात्रै एकता हुन सक्ने बताउँदै आएको छ । पाटीको शक्ति र सामाथ्र्यका आधारमा हैसियत निर्धारण हुने एमाले नेताहरुले बताएका छन् ।










