काठमाडौं। वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठपत्नी यशोदा सुवेदी श्रेष्ठको आज पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । राति नै नेपाल क्यान्सर अस्पतान हरिसिद्धि ललितपुरमा मृत्यु भएकी उनलाई अस्पतालबाटै पशुपति आर्यघाट पुर्याइएको थियो । उनको पार्थिव शरीरलाई आज बिहान अस्पतालबाट पशुपति आर्यघाटमा ल्याइ अन्तिम संस्कार गरिएको छ ।

यशोदाको सोमबार राति उपचारका क्रममा निधन भएको हो। लामो समयदेखि क्यान्सर रोगबाट पीडित उनको सोमबार राति उपचारको क्रममा हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरमा अस्पतालमा निधन भएको हो। यशोदालाई सुरुमा आन्द्रा, फोक्सो र पछिल्लो समय मेरुदण्डको क्यान्सर थियो। मदनकृष्ण श्रेष्ठले यशोदासँग अन्तरजातीय विवाह गरेका थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भिडियो हेर्नुहोस्