वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठकी धर्म पत्नी यशोदा सुवेदीको उपचारका क्रममा सोमवार राति ११ बजे निधन भएको छ । क्यान्सर रोगबाट पीडित योशदाको पछिल्लो समय दुवै खुट्टा नचल्ने भएको थियो । यशोदाको उपचारको क्रममा हरिसिद्धिस्थित क्यान्सर हस्पिटलमा निधन भएको हो ।उनका एक छोरा, एक छोरी छन् । उनको निधनपछि कलाकारदेखि राजनीतिक नेताहरुले सामाजिक सञ्जालमा श्रद्धाञ्जली व्यक्त गरेका छन्। नेपाली काँग्रेसका नेता बिमलेन्द्र निधिले पनि ट्वीट मार्फत यशोदाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

निधिले ट्वीटमा लेखेका छन्, सम्मानिय एवम् सुप्रसिद्ध कलाकार मदन कृष्ण श्रेष्ठकी श्रीमतीको असामायिक निधनप्रति गहिरो दुख व्यक्त गर्दै उहाँको आत्माको चिर शान्तिका लागि प्रार्थना गर्दछु। मदनजीलाई धैर्य र साहसको शक्ति मिलोस, ऐक्यवद्धता।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मदनकृष्ण श्रेष्ठ पत्नी यशोदाको आर्यघाटमा अन्त्येष्टि, देखियो यस्तो रुवाबासी !!!

वरिष्ठ  कलाकार मदनकृष्ण श्रेष्ठपत्नी यशोदा सुवेदी श्रेष्ठको नेपाल क्यान्सर अस्पतान हरिसिद्धि ललितपुरबाट अन्तिम यात्राको तयारी गरिएको छ । उनको पार्थिव शरीरलाई आजै पशुपति आर्यघाटमा अन्तिम संस्कारमा रूवाबासी चलेकाे छ  ।

यशोदाको सोमबार राति उपचारका क्रममा निधन भएको हो। लामो समयदेखि क्यान्सर रोगबाट पीडित उनको सोमबार राति उपचारको क्रममा हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्ज सेन्टरमा अस्पतालमा निधन भएको हो। यशोदालाई सुरुमा आन्द्रा, फोक्सो र पछिल्लो समय मेरुदण्डको क्यान्सर थियो। मदनकृष्ण श्रेष्ठले यशोदासँग अन्तरजातीय विवाह गरेका थिए। हेर्नुहोस्  ।

https://youtu.be/BYeaW3WtrqY