पर्सा प्रहरीले विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका ६ जनालाई कारागार चलान गरेको छ ।

ठगी, कर्तव्य ज्यान तथा बलात्कार जस्ता जघन्य अपराधमा संलग्न अभियुक्तहरुलाई अदालतको आदेशपछि कारागार चलान गरेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आफ्नै श्रीमानको हत्या गर्नका लागि सुपारी दिने श्रीमति बिन्दबासिनी गा.पा. वडा नं.–३, झौवागुठी घर भइ वीरगंज महानगरपालिका–१३ बस्ने प्रियंका चौरसियासहित बाराको परवानीपुर गा.पा. वडा नं.–१ का २४ वर्षीय विकेन्द्रकुमार गुप्ता, २७ वर्षीय मनोज गुप्ता र वीरगञ्ज महानगरपालिका –१२, मुर्लीका २५ वर्षीय मुन्ना शाह कानुलाई पूर्पक्षका लागि कारागार पठाइएको हो ।

उनीहरुविरुद्ध ज्यान मार्ने उद्योग, हातहतियार तथा खरखजना ऐन अन्र्तगत मुद्दा चलाइएको छ ।

प्रियङ्काले आफ्नो प्रेमी विकेन्द्रसँग मिलेर गत फागुन १६ गते राति आफ्नै श्रीमान ३५ वर्षीय उमेश चौरसियालाई गोली प्रहार गर्न लगाएकी थिइन् ।

त्यस्तै, ठगी मुद्दामा पक्राउ परेकी वीरगञ्ज महानगरपालिका वडा नं.–१४ बस्ने कविता वाग्ले र जबरजस्तीकरणी मुद्दामा वीरगञ्ज महानगरपालिका–३२, परसवाका २२ वर्षीय विकाश पञ्जियारलाई पनि कारागार चलान गरेको छ ।