काठमाडौं– मदिरा पिएर गाडी चलाउने एक समूहले ठमेलमा ट्राफिक प्रहरीलाई नै नियन्त्रणमा लिएर कुटपिट गरेका छन। आइतबार राती ठमेलको मनाङ होटल गेटमा डिउटीमा बसेका प्रहरी जपान राहुल कुमार सिंहमाथि तीन युवकले कुटपिट गरेका हुन।

बा १५ च ८९४४ नम्बरको गाडीमा सवार उनीहरुले गाडि रोक्न नमानी तिव्र गतिमा चलाएका थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सो गाडिलाई पिछा गर्दे प्रहरी जवान सिंह सातघुम्तीमा पुगे। कागजपत्र माग्दा गाडीमा सवार व्यक्तिहरुले उनलाई नियन्त्रणमा लिई करेन्ट लगाउने भन्दै किनारमा लत्रिएको बिजुलीको तारले घोचेका थिए। जवान सिंहलाई अश्लील गाली गरी कुटपिट समेत गरेका करिस प्रधान, सज्जन भण्डारी र ऋद्धिन्द्र गिरीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक अपराध ऐनअनुसार कारबाही अघि बढाएको हो।